Goraksha

National Daily

मन सम्हालिँदैन

1 min read

एच.बि.शेरचन

पहिला पहिला त मुख छोपेर हिडनेहरू वदमास वाफती हुन्छन्, समाजमा गल्ती गरेका वदमास वाफतीहरूले मात्र मुख छोपेर हिडछन् । त्यस्ताको मुख हेर्न हुदैन । मुख देखे साइद बिग्रन्छ भनेर बुढापाकाले कुरा गर्थे । आजभोली त मुख नछोपेका मानिसहरूसंग कोही नगीच पर्दैनन् । कोहि बोल्दैनन् । कोभिड-१९ ले सबैलाई मुख छोपेर हिड्ने बनायो । अहिले मुख छोपेर हिड्ने मानिसहरूलाई बाफती वदमास भन्ने हो भने त छिनभरमै मुखको भाग बिग्रने गरि के के खाने हो खान पाइन्छ ।

निस्ठुरी कोभिड(१९ ले विश्वका मानवमाथि मनपरी धावा बोल्यो धिलै भएपनि विकसित मुलकका वैज्ञानिकहरूले भ्याक्सीन उत्पादन गर,े भ्याकसीन प्रयोग भई नै रहेको छ । अझै कोरोना मत्थर हुन सकेको छैन् । वैज्ञानिकहरू पनि सोचमग्न बनेका छन् । कोरोनाको उपचारमा खटेका डक्टर, नर्सहरू थुप्रैले ज्यान गुमाए । सबैले उनीरुलाई श्रद्धाञ्जली दिए । त्यो वाहेक अरु के नै दिन सक्छौ र ? कोभिड-१९ ले आफ्नो इगो कसरी कहिले मेटछ अनुमान गर्न पनि सकिदैन् ।

कोभिड लागेर मरेकाहरूलाई आफन्तहरूले छुनपनि नपाइने सेतो कपडामा लपेटिएको लासलाई टाढैबाट हेरेर तपाईको वैकुण्ठमा बासहोस भनेर आसु चुहाउँदै विदा गर्नुपर्ने । नेपालमा रोजगार नपाएर खाडी मुलुक पुगेका युवाहरू साधारण अवस्थामा मरेको बेला लास नेपाल ल्याउन सकिदैनथ्यो । भने, झन कोभिड १९ ले मरेका युवाहरूको लास नेपाल ल्याउने त कुरै भएन । विदेशमा नै दफन भइरहेका छन्् ।

कठै विचारा प्रमिला पुनले पनि आफ्नो श्रीमान दलविर पुनको लास सेतो कपडामा बेरिएको अवस्थामा मोवाइलमा देख्न मात्र पाइन, गाउँकै नरेन्द्रले फेसबुकबाट पठाइदिएका थिए । प्रमिला र दलवीर बाग्लुङ जिल्लाको पश्चिम गलकोट बजारका निबासी हुन् । गलकोट बजारको उत्तरतिरबाट सघुलो भुझी खोला कलकल आवाजका साथ बग्दै दक्षिण आउँछ । दोस्रो पूर्वउत्तरबाट तमान खोला बग्दै आउछ । तेस्रो पश्चिम उत्तरबाट निसी खोला बग्दै आउछ । यी तिन खोलाको मिश्रित दोभान नै गलकोटको फाट हो । पूर्वतिर ठुलो पहाड छ ।

त्यो पहाड उत्तरतिर पानी ढल्के आकारको छ । बसन्त ऋतुको समयमा त्यो पहाडमा काफल, एैसेलु, चुत्रो, दुदेलो, मेल पाकेको हुन्छ । चराचुरुङ्गीहरू पाकेको फल खादै चिरबिराइरहेका हुन्छन् । त्यो जंगलमा चिलाउने, ओखर, चाप, तेनु, बाज, चिउरी, रहिस, गुराँश आदि ठुलाठुला रुखहरू देख्न पाइन्छ । काफल पाक्यो, बिऊ कुहियो, न्याउ(न्याउ आवाज पनि सुन्न पाइन्छ । त्यो पवित्र लोभलाग्दो रमनिय दृश्यमा प्रमिला र दलवीर धित मारेर लुकामारी खेल्थे, भलाकुसारी गर्थे । यस्तै गर्दागर्दै खुशीको दिन आयो ।

२०७४ साल श्रावन महिनाको हरियालीमा यि जोडीले प्रेम विवाह गरे । प्रमिलाले जन्मघरको घर्ती थरलाई दलवीरको बाउपासमा अकंमाल गर्दै पुन थरमा परिनत गरिन् । विवाह पश्चात एक वर्षभरी घुमफिरमा बिताए । २०७५ साल चैत्र महिनामा घर सल्लाह अनुसार रोजगारका लागि दलवीर साउदी उडे । मोबाईलको फेसेलिटिबाट आफ्नै घरमा भएसरी कुराकानी , हाँसोठट्टा भइरहन्थो । कमाईकाच गरेर महिनाको ५५ हजारका दरले पैसा पठाउथे दलवीरले । दिनहरू बित्दै जादा कोभिड १९ देखा प¥यो ।

साउदीमा रहेका थुप्रै नेपालीलाई काभिड १९ ले छोएपछि प्रमिलाले दलवीर अब तिमी त्यहाँ बस्ने होइन, छिटो घर फर्क तिमीलाई केही भयो भने म कसरी बाच्ने हो । कोरोना मत्थर भयो भने पुनः साउदी जाउला भनेर अलापबिलाप गरेपछि दलबीर नेपाल फर्किनलाई तयारी गरिरहेका थिए । दुर्भाग्यबस दलबीरलाई पनि कोभिड–१९ ले छोयो । अस्पतालमा भर्ना भएको पाँचौ दिनमा नरेन्द्रलगायत ४÷५ जना साथीहरू अस्पाल पुगे । भित्र जान नपाएपछि, नर्सलाई हामी आएका छौँ भनेर खबर गर्न लगाएपछि दलवीरसँग फोनमा कुरा भयो ।

दलवीर पुनले विस्तारै ‘नरेन्द्र मलाई श्वास फेर्न धेरै अप्ठारो भइररहेको छ । गलिरहेको छु । सायद म अब बाँच्दिन होला । म मरे भने मेरो कम्पनीमा गएर हिसाबकिताब गरी मैले पाउने पैसा बुझेर प्रमिलाको नाममा पठाइदिनु । प्रमिलालाई धेरै नरुनु गरे भनेर भनिदिनु । तिमीहरूले पनि सम्झाइदिनु । नेपालमा भएको भए मेरी प्राण प्रमिलाले सुनपानी खुवाउँथिन् । अन्तिम अवस्थमा सबैसँग भेट हुनेथियो । भाग्यको खेल कसैले बुझ्न सक्दो रहेनछ । म विदेशमै मर्ने भएँ । तिमीहरू पनि छिटो नेपाल फर्किनु ।

आटो–ढिडो र सिस्नु खाएर पनि नेपालमै बस्नु । जन्मभूमिमा मरे गति परिन्छ’ भन्दै दुईतीन पटक सुक्कसुक्क गरे । फोन कट्यो । नर्सलाई फोन नम्बर दिएर ‘प्लिज दलवीरको कुछ होजाए तो इ नम्बर मे फोन कर्देना’ भनेर नरेन्द्रहरू फर्किए । नबौं दिनको दिन बिहान ८ बजेको समयमा नर्सले ‘नरेन्द्र तुमारा साथी दलवीर एक घण्टा पहले गुजरगया जल्दी आजाना’ भनेर फोन गरिन् ।

नरेन्द्र लगायत ६÷७ जना अस्पताल आउँदा २ नं.स्टेचरमा सेतो कपडाले बरेर राखिएको ‘नेपाली दलवीर के शव’ भनेर कागज टाँसिएको थियो । तत्कालै टाढैबाट रुँदै सबैले फूल चढाएर, दलवीर तिम्रो बैकुण्ठमा बास होस्, तिमीले भनेको गरिदिने छौँ भनेर बोले । नरेन्द्रले फोटो खिचेर फेसबुकमार्फत् प्रमिलासँग विस्तृत कुरा गरे । दलवीरको लाश दफनका लागि नरेन्द्रले दस्तखत गरिदिए । दलवीरको लाश दफनको लागि गाडीमा राखेर हिडाए ।

यहाँ थुप्रैले जितेको छन्, थुपै्रले हारेका छन्, थुप्रै हाँसेका छन्, थुप्रै रोइरहेका छन्, थुप्रैले आफ्ना बचाइलाई धिक्कारिरहेका छन् । आफ्नो दह्रिलो मनलाई शान्त पार्न सकेका छैनन् । मानिस जो–कोहीले आफू खुसी रहँदा सधै यस्तै होला भनेर सोच्दछन्, दुःखको कल्पनासम्म पनि गर्दैनन् । किनकि मन परेको मान्छको स्पर्षले खुसीमा गदगद बनिरहेका हुन्छन् । तर, यहाँ कसैकसैको खुसी लामो समय बच्दोरहेनछ । मानिसले सोचे जस्तो भने जस्तो, देखे जस्तो पनि हुँदो रहेनछ । हुने भए प्रमिला नानुलाई छिनछिनमा किन रुनुपथ्र्यो होला र ? कुनै समय गलकोटको ठूलो जंगलमा ः–

‘पानी प¥यो घुम छैन रुझायो, आफै रोयो, आफै मन बुझायो ।’ भनेर दलवीरले गाउँथे त ।
‘मैले माया लायकै हुम क्यारे, होइन भने बरपिपल छुम क्यारे ।’ भनेर प्रमिलाले गाउँथिन् ।

दलवीरले यही लयमा पातको पिपरी बजाउँथे । त्यो प्रकृतिमा खेल्दाखेल्दै एकले अर्कालाई बुझेर प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेपछि गलकोटका बूढापाकाले बैसालु ठिटा दलवीर र ठिटी प्रमिलाले बाजी मारेछन् भन्दै हाँस्दै ठट्टा गर्थे । आज प्रमिलाले नसोचेको घटना भएको छ । दलवीर पुनको कोभिड १९ का कारण २०७८ जेठ १७ गते विदेशी भूमिमा मृत्यु भएको छ । यी जोडीले २०७४ सालको विजयादशमी धुमधामसँग रमाइलो गर्दै मनाएका थिए । लिङे पिङ आलोपालो गर्दै खेलेका थिए ।

तिहारमा भैलो खेलेका थिए । दलवीरले भैलो भट्याउने पनि गरेका थिए । भैलो भट्याउँदा ‘बाँच्यौ भने आउँदो सालमा यसैगरी नाँचगान गर्न आउँछौँ, जुनीजुनी हास्दै खेल्दै जीवन हामीले बिताउँला’ भनेर बोलेका थिए । विवाहित दुलाहा दुलहीसँग साथीसंगीहरू खुब नाचेका थिए । सम्झनाको लागि थुप्रै पोज सेल्फी खिचेका थिए । सबैको मोबाइलमा दलवीरको फोटो मुस्कुराइरहेको छ । २०७८ सालको विजयादशमीको लागि गलकोट बजारबासीले आ–आफ्नो घर रुङ्गीबिरङ्गी बनाएर सजाएका थिए ।

थुप्रै युवा जोडीहरू कुममा कुम मिलाउँदै मस्किँदै हिडेको देखिथ्यो । यात्रुबाहक बसमा ‘लरीलरी लै..हो..हो.. दशै आयो तोरी फूल्यो बारीमा बरीलै, धानको बाला झुल्यो खेतैमा, कति राम्रो देखिन्छौ बरी लै जमरा र रातो टिकैमा हो..हो.. दशै आयो’ भन्ने गीत बजिरहेको थियो । विजयादशमीको दिन आयो । सबैले मान्यजनबाट टीका थापे । मान्यजनले ‘तिमीहरूलाई काँडाले पनि नकोतरोस्, मनले चिताएको पुगोस्, नवदुर्गा भवानीले रक्षा गरुन्’ भन्दै आशीर्वाद दिए ।

५, १०, २०, ५० का नयाँ नोट पनि दक्षिणा दिए । धुमधाम रमाइलो साथ दसैँ मनाए । लगत्तै भाइतिहारको आगमन भएको छ । दिदीबहिनी, दाजुभाइ जम्मा भइ एकआपसमा टीका लगाउनेछन् । यस्तो रमणीय उल्लाहसमय समयमा विचरी प्रमिलाको मन धमिलो बनेको छ । दलवीरको फोटो मोवाइलमा हेर्छिन् । पटक–पटक चुम्बन गर्छिन् । ‘मलाई छोडेर गयौं हगी, तिमी बिना म कसरी बाँच्न सक्छु तिमी नै भन दलवीर ? मलाई पनि तिमी भएको ठाउँ लैजाउ ।’ मात्र दलवीरको फोटोसँग बोल्दाबोल्दै भावुक बन्छिन् । सम्हालिन कोसिस गर्छिन् तर उनको मन सम्हलिँदैन ।