Goraksha

National Daily

पर्यटन, कृषि र व्यवसायको प्रवद्र्धन महोत्सवको मुख्य उद्देश्यः महरा

दाङको घोराहीमा नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ सञ्चालन भैरहेको छ । दाङ चेम्वर अफ कर्मशको आयोजनामा यहि माघको दश गतेदेखि सुरु भएको महोत्सव माघको २२ गतेसम्म कृषि सामग्री कम्पनीको खुल्ला मैदानमा हुने छ । नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग गर्दै जिल्लाको पर्यटन, कृषि , व्यापार तथा औद्योगिक क्षेत्रको प्रवद्धर्नसँगै आर्थिक विकासमा सहयोग पु¥याउने महोत्सवको मुख्य उद्देश्य रहेको छ । पर्यटन प्रवद्र्धनका लागि जिल्लामा रहेका कला सस्कृति, कृषि , स्थानीय उत्पादनको बजारीकरण गर्दै प्रचारप्रसार गर्नु उद्देश्य रहेको छ । यसै सन्दर्भमा दाङ चेम्वर अफ कमर्शका अध्यक्षसमेत रहेका नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सवका निर्देशक श्रीधर महरासँग गोरक्षको साप्ताहिक सातावार्ताका लागि गरिएको कुराकानी । सारसंक्षेप

गोरक्षः गोरक्षको सातावार्तामा स्वागत छ ?

महरा ः धन्यवाद तपाई र गोरक्ष पत्रिका परिवारलाई

गोरक्षः दाङमा पहिलो पटक चेम्वर अफ कमर्शले आयोजना गरेको महोत्सव कस्तो चलिरहेको छ ?

महरा ः महोत्सव एक राम्रो रुपमा अघि बढिरहेको छ । महोत्सव सञ्चालन हुन नदिनका लागि विभिन्न अवरोधहरु भएका थिए । त्यसका बाफजुद पनि हामीले महोत्सव सञ्चालन गरेका छौँ । यो महोत्सव दाङमा हामीले सञ्चालन गरेकोे पहिलो महोत्सव समेत हो ।

आज महोत्सवको पाचौँ दिन भएको छ । महोत्सवमा झनपछि झन दर्शकको उत्साह जनक सहभागिता बढ्दै गैरहेको छ । जसले गर्दा हामीहरुलाई थप उर्जा मिलरहेको छ । महोत्सवमा एक सय विभिन्न प्रकारका गरेर डेढ सय बढि स्टलहरु रहेका छन । ती स्टलहरुमा कृषि उत्पादन, अल्लो, च्याउँ, राप्तीको चिनोका रुपमा रहेको कुखुरीलगायतका विभिन्न व्यापारिक स्टलहरु रहेका छन ।
त्यस्तै महोत्सवका कापीकलम,घरका लागि आवश्यक अन्य विभिन्न प्रकारका सामग्रीहरुसँगै मनोरञ्जनका लागि मौतको कुवा, पिङलगायतका विभिन्न बाल उद्यानहरु रहेका छन । त्यसैले महोत्सवमा किनमेलदेखि कृषि, पर्यटन, अल्लोलगायत हस्तकलाबाट उत्पादनका बस्तुहरुको किन्नदेखि अवलोकनका र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न दिनानुदिन दर्शकहरु बढ्दै जानुभएको छ । जसले गर्दा हामीहरु उत्साहित भएका छौँ ।

गोरक्ष ः महोत्सवको मुख्य उद्देश्य के हो ? महोत्सवबाट उद्देश्य पुरा गनका लागि तपाईहरुले के गर्दै हुनुहुन्छ ?

महरा ः हाम्रो महोत्सव लगाएर पैसा आर्जन गर्ने मुख्य लक्ष्य छैन । महोत्सवको मुख्य लक्ष्य भनेको नेपाल सरकारले सुरु गरेको नेपाल भ्रमण २०२० लाई सहयोग पु¥याउने उद्देश्यले सुरु गरेका हौ । नेपाल सरकारले नेपाल भ्रमण बर्षका अवसरमा २० लाख विदेशी पर्यटक स्वदेशमा भित्राउने लक्ष्य राखेको छ । पक्कै पनि हामीले विदेशी त्यसैले पर्यटक ल्याउन तँ सक्दैनौ । तर दाङको व्यापार प्रवद्र्धन एव धार्मिक, सास्कृतिक, ऐतिहासिक एव पर्यटकिय स्थलहरुको विकास गर्नुरहेको छ ।

दाङ जिल्लाको समृद्धिका लागि पर्यटन, उद्योग, व्यापारसँगै कृषिको विकास हुन आवश्यक रहेको छ । त्यसकालागि प्रचार–प्रसारको आवश्यकता रहेको छ । दाङमा पर्यटन विकासको धेरै सम्भावना रहेको छ, त्यी ठाउँहरुको प्रचार–प्रसार आवश्यकता छ, त्यो काम हामीहरुले महोत्सवका माध्यमबाट गरिरहेका छौँ । जिल्लाको पर्यटकिय चिनारी दिने उद्देश्यले स्थल राखेका छौँ, धार्मिक मठमन्दिर, झरणा, ताललगायतका पर्यटकिय स्थलहरुको फोटो बनाएर व्यापानर समेत महोत्सव स्थलमा राखेका छौँ ।

गोरक्षः जिल्लामा बर्षेनी मेला महोत्सवहरु हुने गरेका छन । ती महोत्सवको मुख्य उद्देश्य भनेको आर्थिकसंकलन नै हुने गरेको छ । तपाईहरुको महोत्सव पनि तँ आर्थिक संकलन नै लागि होला नि ?

महरा ः मैले तपाइलाई पहिले पनि भनेको छु , हामीले लगाएको महोत्सवको मुख्य उद्देश्य आर्थिक संकलन गर्ने होइन । हुन तँ महोत्सवमा आर्थिक कारोवार नहुने कुरा भएन । महोत्सवमा आर्थिक कारोवार हुन्छ नै । तर हाम्रो उद्देश्यभ ने जिल्लामा रहेको कृषि, पर्यटनसँगै स–साना उद्योगका रुपमा रहेका उद्योगको प्रचार–प्रसार गर्नु हो । जिल्लामा मानिसहरु ल्याएर यातायात, होटल व्यवसायलगायतका अन्य बस्तुहरुको व्यापारमा वृद्धि गर्दै समग्र जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउनु हो ।

हामीले महोत्सव लगाएर जिल्लाका व्यवसायीहरुलाई घाटा हुने काम गरेका छैनौ । उद्योगी, व्यापारिकहरुको हकहित संरक्षण गर्दै जिल्लाको आर्थिक गतिविधिहरुको विस्तार गर्ने, निजी क्षेत्रको तर्फबाट आर्थिक, औद्योगिक तथा व्यापारिक नीमिा सरकारसँग समन्वय र सहकार्य गर्ने तथा मुलुकमा स्वच्छ ,स्वास्थ र पारदर्शी व्यापार व्यावसाय प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
गोरक्षः अरुले लगाउने महोत्सव भन्दा चेम्वर अफ कमर्शले लगाएको महोत्सव के मानेमा पृथक रहन्छ ?

महरा ः तपाईले भने जस्तै अरुले लगाउने महोत्सव र हामीले लगाएको महोत्सवमा धेरै फरक छ । पर्यटन प्रवद्र्धनसँगै जिल्लामा रहेको स्थानीय कला,सस्कृति, कृषि, व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका छौँ । महोत्सव पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान,लघु,घरेलु कृषि एव महिला उद्यमशीलता क्षेत्रका स्टलहरु रहेका छन । तपाईले पनि देख्न सक्नुहुन्छ महोत्सवमा जिल्लाका विभिन्न स्थानमा किसानहरुले उत्पादन गरेका मुला, गोपी, च्याउँदेखि दाङको चिनोका रुपमा रहेको अल्लोबाट उत्पादित बस्तुहरु छन भने जिल्ला बाहिर पोखरा, काठमाडौलगायतका क्षेत्रमा उत्पादिन दाङका जनताहरुको लागि आवश्यक विभिन्न सामग्रीहरु समेत महोत्सवमा रहेका छन ।

त्यस्तै चेम्वरले कला क्षेत्रको विकास र संरक्षणका लागि जिल्ला स्तरिय लोक तथा दोहरी गित प्रतियोगिता, नृत्य प्रतियोगिता समेत सञ्चालन गरेको छ । त्यती मात्र नभएर जनस्तरबाट नेपालममै पहिलो पटक बन्न थालेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्टल समेत राखेका छौँ । अहिले आर्थिक संकलन भैरहेको छ ।

गोरक्ष ः महोत्सवबाट दाङको पर्यटनको कसरी विकास हुन्छ तँ ?

महरा ः हामीले महोत्सवका माध्यमबाट दाङ जिल्लाका धार्मिक,ऐतिहासिक, सास्कृतिक पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्दै जिल्ला बाहिरका पर्यटनहरुलाई जिल्लामा भित्राउने हो । हाम्रो महोत्सवमा दाङसँगै रोल्पा,रुकुम, प्युठानलगायतका जिल्लाहरुबाट दर्शकहरु महोत्सवको अवलोकनका लागि आउने गर्नुभएको छ । उहाँहरु आउँदा पक्कै पनि दाङको यातायात, होटललगायतका क्षेत्रहरुमा फाइदा समेत हुने गरेको छ । त्यस्तै महोत्सव स्थलबाट दाङका जुनसुकै स्थानमा रहेका पर्यटकिय स्थलहरुमा जान चाहने पर्यटकहरुको लागि चेम्वर अफ कमर्शले गाडीको समेत व्यवस्था गरिदिएको छ । हामीहरुले महोत्सवका माध्यमबाट समेत जिल्लाका दश वटै स्थानिय तहमा रहेका धार्मिक एव पर्यटकिय स्थलहरुको प्रचारप्रसार समेत गरिरहेका छौँ ।

गोरक्ष ः महोत्सवलाई व्यवस्थीत र सुरक्षि बनाउनका लागि के गर्नुभएको छ ?

महरा ः महोत्सवलाई व्यवस्थीत र सुरक्षित बनाउनका लागि हामीले महोत्सवका सम्पुर्ण स्टलहरुको डेढ करोडको विमा गरेका छौँ । त्यस्तै महोत्सवको सुरक्षाका लागि सिसी क्यामेरादेखि महोत्सवमा हुन सक्ने सम्भावित दुर्घटनाको क्षेतीलाई कम गर्न दश जनासम्म व्यक्तिहरुको समेत उपचारका लागि बिमा गरेका छौँ । त्यस्तै बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीसँग समेत सहयोग मागेका छौँ भने करिव २५ जनाको सुरक्षाको टोली चितवनबाट समेत ल्याएका छौँ । त्यसैले महोत्सवलाई व्यवस्थीत र भव्य रुपमा सञ्चालनकालागि हामीले कुनै पनि कसर बाँकी राखेका छैनौ ।

गोरक्षः अन्तमा केहि भन्न चाहनुहुन्छ?

महरा ः नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण बर्षलाई सफल बनाउनकालागि हामीले जिल्लामा पहिलो पटक महोत्सवको आयोजना गरको छौँ । नेपाल भ्रमण बर्ष २०२०लाई सफल बनाउनसगै जिल्लामा रहेको कृषि, उद्योग, पर्यटनको विकासका माध्यमबाट आर्थिक क्षेत्रको विकास गर्नु हो । जसले जिल्लाको आर्थिक समृद्धिमा सहयोग पुगोस भन्ने हाम्रो अपेक्षा रहेको छ । त्यसैले आज पाचौँ दिन भएको छ । महोत्सव भनेको गाउँघरमा उत्पादन भएका बस्तीहरु बजारसम्म ल्याउने र बजारमा भएका बस्तुहरुलाई गाउँसम्म पु¥याउने माध्यम हो । त्यसैले महोत्सवमा किनमेलसँगै मनोरञ्जनकालागि आउनुहोस ,हाम्रो महोत्सवको अवलोकन गर्दिनुहोस भन्न चाहान्छु ।