समाज रुपान्तरणको प्रभावकारी हतियार शिक्षा होः शर्मा

देविराम कुसारी
उरहरी, २४ माघ । राष्ट्रिय सभाका सदस्य जगप्रशाद शर्माले समाजको विकास र रुपान्तरणको सवैभन्दा प्रभावकारी हतियार शिक्षा भएको वताउनु भएको छ । शिक्षा विनाको चेतना खिया लागेको हतियार जस्तै हुने भन्दै उहाले वदलिदो जिवनलाई स्थापित गराउनको लागि पनि शिक्षाको अहम भुमिका हुने वताउनुभयो । साथै शिक्षामा सबैको पहुच पुर्याउन सरकारले कुनै पनि कसर वाकि नराख्ने उहाँले वताउनु भएको छ ।

चन्द्रोदय विद्याकुञ्ज तुलसीपुर उप(महानगरपालिका ११ उरहरी दाङको २६ औं वार्षिकोत्सवलाई प्रमुख अथितीको आषण वमट सम्वोधन गर्दै राष्ट्रि सभा सदस्य शर्माले देशमा निजि र सामुदायिक गरी दुई प्रकृया वटा शिक्षाको विकास भैरहेको वतायदै शिक्षमा सरकारले विभेद नगर्ने वताउनु भयो । सामुदायिक विद्यालयलाई सरकारी भनिने गरे पनि निजि विद्यालय पनि सरकारकै माथहतमा रहेको हुदा निजि क्षेत्र पनि सरकारको चासोमा रहेको स्पष्ट पार्नुभयो ।

शिक्षा जति वैज्ञानिक हुनुपर्ने त्यति नभए पनि पछिल्लो समयमा शिक्षामा सरकारले व्यापक सुधार गरेको सदस्या शर्माले वताउनुभयो । अझै पनि सबैका लागि र सबैको शिक्षा वनाउन गर्नुपर्ने सुधारका पहल आफुले गर्ने शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यलय सञचालक समितिका अध्यक्ष बलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उप(महानगरपालिकाका उप(मेयर माया शर्मा, वडा नम्वर ११ का वडा अध्यक्ष चित्रबहादुर वली लगाएतले शिक्षाको विकास र विस्तारका लागि आफुहरु लागिपर्ने वताउनुभयो ।

विद्या कुञ्जका प्रधानाध्यापक दोर्ण वस्नेतको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा प्याब्सन नगर उपाध्यक्ष डम्मर डागि, दिव्य ज्योति वोर्डिङ स्कुलका प्रिन्सिपल मनोज आचार्य, न्यु शान्ति कटाहाका प्रिन्सिपल केश कुमार खड्का, वेल्टाकुरा स्वास्थ्य चौकिका अहेब यज्ञबहादुर केसी, नेपाली काँग्रेसमा अर्जुन केसी, अभिभावक होताराम वस्नेत, हरिदत्त कार्की लगाएतले विद्या कुञ्जको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिनन्न विधाका प्रतियोगि छात्र छात्रालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । सहायक प्रधानाध्यापक हरी वलीले सहजिकरण गरेको कार्यक्रममा प्रधानाध्यापक दोर्ण बहादुर वस्नेतले विद्यालयको प्रगति विवरण प्रतुत गर्नुभएको थियो ।