शिक्षा समाजको आधारः प्रदेशसभा सदस्य शर्मा

दाङ, १८ माघ । दाङको रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय रामपुको २६ औ वार्षिकोत्सव समारोह आज शनिवार रामपुरमा सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एंव प्रदेश नं ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका बोल्दै प्रदेश सभासद शर्माले समृद्ध समाज निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयहरुबिचको मित्रवत् ब्यवहारबाट नै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । शिक्षामा गरिएको लगानी खेरा नजाने भन्दै उहाले अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षा दिने विद्यालय छनौट गर्दा नचुक्न आग्रह गर्नुभयो । विद्यार्थीलाई राजनितिमा लगाउने र शिक्षकबाट पार्टी चलाउने अवस्था अव नरहेको भन्दै सभासद शर्माले दक्ष जनशक्ति उत्पादनमा अवको शिक्षा केन्द्रीयत हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष केशवराज आचार्यले नयाँ ब्यवस्थापनको छिटो समयमै यस विद्यालयले स्थानीय अभिभावको मन जित्न सफल भएको भन्दै सस्कार सहितको गुणस्तर बृद्धिका लागि आफ्ना वडाका सवै विद्यालयलाई सहयोग गर्ने बताउनुभयो । अभिभावकले शिक्षकलाई र शिक्षकले अभिभावकलाई गाली गरेर कुनै पनि विद्यालयको शैक्षिक सुधार नहुने भन्दै उहाले आफूले शिक्षाको गुणस्तरका लागि संस्थागत र सामुदायिक विद्यालयबिचमा बिना कुनै भेदभाव कार्यक्रम गरिरहेको बताउनुभयो ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले यस विद्यालयले वालमैत्री र अभिभावक मैत्री वातावरणमा शिक्षण कार्य अघी बढाएको भन्दै यसलाई दिगो बनाउनका लागि आफूहरु सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । दिगो योजना सहित चल्नेहरु मात्रै सफल हुने गरेको भन्दै उहाले ब्यवहारिक शिक्षा र संस्कारयुक्त शिक्षा नै अवको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा।लि। का अध्यक्ष हेमराज शर्माले ज्योतिपूञ्जको पूर्ण ब्यवस्थानमा यो बर्षदेखि सञ्चालन भएको यस विद्यालयले भोलीका दिनमा समाजमा उदाहरणीय बन्ने दक्ष जनशक्ति उत्पादनमा कार्यक्रम केन्द्रीत रहने बताउनुभयो । विलियम शेक्सपियर अग्रेजी विद्यालय प्रा लि। का अध्यक्ष बालचन्द्र शर्माले आफूहरुले दिर्घकालिन योजनाका साथ रामपुरमा विद्यालय सञ्चालनको निष्कर्षमा पुगेर विद्यालय शुरु गरिएको भन्दै अभिभावकहरुलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्याब्सन दाङका सदस्य बिमल अधिकारी, नगर अध्यक्ष बिरेन्द्र चन्द, नवचेतना अग्रेजी विद्यालयका प्रतिनिधि बुद्धि धिताल लगायतकाले बोल्नु भएको थियो । विलियम शेक्सपियर अग्रेजी विद्यालय प्रा लि का सदस्य ध्रुवराज पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीहरुलाई नियमित रुपमा विद्यालयमा पठाउने,छोराछोरीहरुको गृहकार्यको नियमिततामा ध्यान दिने,अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागी पे्ररित गर्ने,अभिभावक अन्र्तकृयामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येबाट वर्ष उत्कृष्ट अभिभावकका रुपमा गायत्रा खनाल,बर्षमा सवैभन्दा धेरै दिन विद्यालय आउने विद्यार्थीको विधामा कक्षा ६ का छात्र प्रशान्त चौधरी, आफूलाई सभासुघ्घर रहने विधामा कक्षा यु।के।जी। एलिस्मा अधिकारी, अनुसासित विद्यार्थीको विधामा कक्षा १ की छात्रा दिप्तिका चौधरी, अग्रेजी भाषाको अधिक प्रयोग गर्ने विद्यार्थीको विधामा कक्षा ८ का छात्र शिशिर रेग्मी र बर्ष उत्कृष्ट विद्यार्थीको विधामा कक्षा ८ की छात्रा बिजया भुसाललाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सचेतनामूलक नाटक, गीत, योगा र नृत्य प्रस्तुत गरेका थिए ।

बालमैत्री तथा अभिभाक मैत्री वातावरणमा प्रविधिमैत्री विद्यालयका रुपमा आफ्नो पहिचान बनाएको रहेको ज्योतिपूञ्ज आवासीय आवासिय माध्यमिक विद्यालय घोराहीको ब्यवस्थानमा चालु शैक्षिक बर्षदेखि नयाँ ब्यवस्थानका साथ विलियम शेक्सपियर अग्रेजी विद्यालय सञ्चालन गरिएको छ । विलियम विद्यालयलाई प्रविधि मैत्री विद्यालयका रुपमा बिकास गरिने योजनाका साथ शुरुको बर्षदेखि नै विद्यालय सञ्चालन शुरु गरिएको विलियक अग्रेजी विद्यालयले जनाएको छ ।

ग्रामिण क्षेत्रमा सञ्चालित यस विद्यालयमा पूर्ण अङ्गे्रजी वातावरण निर्माण, शिक्षकले आफ्नो विषयको शिक्षण पद्धतिमा अनिवार्य मल्टिमिडियाको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन,विद्यार्थीहरुको सिकाइको स्तर बृद्धिका लागि मासिक नियमित परीक्षा सञ्चालन, निरन्तर विद्यार्थी मूल्याङ्न, नियमित अभिभावक अन्तरकृया कार्यक्रम, विद्यार्थीहरुको चौतर्फि विकासका लागि अतिरिक्त क्रियाकलाप संचालन, आधुनिक कम्प्युटर ल्याव÷विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन,सुझाव ग्रहण तथा गुनासो सुनुवाइ, सीप विकास तथा परियोजना कार्य, अतिरिक्त कक्षा संचालन, नियमित स्वास्थ्य परिक्षण÷लागू औषध नियन्त्रण सम्बन्धि कार्यक्रम लगायतका कार्यक्रम विद्यालयले सञ्चालनमा ल्याएको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले कार्यक्रममा प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी विद्यालयले स्वास्थ्य÷संस्कार र मनोरञ्जन,पि।जि।संचालन, पि।एच।आर।कार्यक्रम संचालन, विषयगत कक्षा व्यवस्थापन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने प्रिन्सिपल भण्डारीले जानकारी दिनुभयो ।