महोत्सवको तयारी पुरा, भोली उद्घाटन गरिने

शिवराज खनाल
लमही,२३ माघ । दाङको देउखुरीमा शुक्रबारदेखि हुन थालेको महोत्सवको तयारी पुरा भएको छ । देउखुरीको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको पर्यटन प्रबर्धन तथा कृषि औद्योगिक महोत्सव–२०७६ को सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको महोत्सवको मुल उदेश्य देउखुरीको पर्यटन बिकास गर्दै व्यवसायीक प्रवद्र्धन रहेको छ । लमही चेम्बर अफ कमर्सले आयोजनामा हुन थालेको महोत्सवमा आउने दर्शकहरुलार्इ देउखुरीका पर्यटकीय क्षेत्र घुम्नका लागि प्रेरणा प्रदान गरिने महोत्सव मुल आयोजक समितिका सम्योजक तथा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताएका छन ।

संयोजक न्यौपानेका अनिसार देउखुरीका पर्यटकिय क्षेत्र घुम्नका लागि महोत्सवमा चारवटा गाडिको ब्यबस्थापन गरेको छ । दर्शकहरुलार्इ देउखुरिको जुनसुकै पर्यटकिय क्षेत्रको भ्रमणका लागि गाडीको सुबिधा प्रदान गरिनेछ । यसैगरी कृषी प्रबर्द्धनका लागि महोत्सवमा ३० वटा स्टल ब्यबस्थापन गरिने छ । यी स्टलहरुमा कृषि उत्पादन हरुलाइ प्रदर्शनीका लागि राखिने मुल आयोजक समितिका सम्योजक न्यौपानेले जानकारी दिएका छन ।

कृषि उत्पादनका सामग्रीसँगै महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुती रहनेछ । शुक्रबारदेखी शुरु हुने महोत्सव फागुन ५ सम्म चल्ने छ । महोत्सवको उद्घाटन प्रदेशसभा सदस्य रेवतीरमण शर्माले गर्ने भएका छन । महोत्सवको उद्घाटन कार्यक्रममा सहभागिताका लागि महोत्सव मुल आयोजक समितिले सम्पुर्ण देउखुरीवासीमा अनुरोध गरेको छ ।