बढि शुल्क लिने शैक्षिक सस्थालाई कारवार्ही गर्न माग

काठमाण्डौँ,२४ माघ । मोहन बैद्य निटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले सिटिईभीटीलाई छ बुदे ज्ञापनपत्र बुझाउँदै सिटीईभीटीद्धारा सम्वन्धन प्राप्त शैक्षिक सस्थामा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद सानोठिमी,भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीले यस्तो माग गरेको हो । अखिल (क्रान्तिकारी)का संयोजक जितेन्द्र लम्सालद्धारा हस्ताक्षरित विज्ञप्तिमा सिटीईभीटीद्धारा सम्वन्धन प्राप्त गरेका शैक्षिक सस्थाले मापदण्ड भन्दा बढि शुल्क लिएको भन्दै उक्त सुल्क लिने शैक्षिक सस्थाहरुलाई कारवार्ही गर्न माग गरेको छ ।

त्यस्तै सिटीईभीटीद्धारा सम्वन्धन दिईएका शैक्षिक सस्थाहरुको भौतिक अवस्था बुझ्न समेत माग गरेको छ । शिक्षा क्षेत्रलाई पहुजयोग्य एव सर्वशुलभ पार्नुपर्ने नीति विपरित निम्न वर्गमा उत्साहित छोटो अवधिको कार्यक्रमलाई निरुत्साहित गर्ने निर्णयप्रति आपति प्रकट गरेको छ ।

त्यसैगरी विज्ञप्तिमा परिक्षाफल ढिलाईका कारण विद्यार्थीहरुमा शैक्षिक गतिविधिमा असर परेको भन्दै तत्काल शैक्षिक क्यालेण्डर बनाई लागुगर्नुपर्नै, हरेक शैक्षिक सस्थामा विद्यार्थीका गुनासाहरु उठानका लागि सुझाव पेटिका राखी उच्च स्तरीय विद्यार्थी कल्याणकारी परिषद गठन गर्नुपर्नेलगायतका माग गरेको छ ।