देउखुरीमा महोत्सवको तयारी तीव्र, महोत्सवको उद्घाटन मन्त्री केसीले गर्ने

शिवराज खनाल
देउखुरी,२१ माघ । देउखुरीको पर्यटन प्रबर्द्धनका लागि लमहिमा महोत्सव आयोजना हुन थालेको छ । लमही चेम्बर अफ कमर्सले देउखुरी क्षेत्रका पर्यटकीय स्थलहरुको प्रबर्धनका लागि पर्यटन प्रबर्धन तथा कृषि औद्योगिक महोत्सवको आयोजना गरेको हो ।

माघ २४ गते देखि सुरुहुने महोत्सव फागुन ५ गते सम्म चल्ने छ । महोत्सवको तयरी भब्य रुपमा भैरहेको महोत्सव मुल आयोजक समितिका सम्योजक तथा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले जानकारी दिएका छन । महोत्सवमा आउने दर्शक हरुलाइ देउखुरीका पर्यटकिय स्थल सम्म घुमाउने ब्यबस्था गरिएको छ । दर्शकहरुलाई चाहेको स्थान सम्म पुर्याउन गाडिको ब्यबस्था गरिएको छ । महोत्सवको उद्घाटन प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गर्ने भएको अध्यक्ष न्यौपानले जानकारी दिएका छन ।

आयोजका अनुसार महोत्सवमा आउने हरेक दर्शकलाई देउखुरिका पर्यटकीय क्षेत्र घुमाउन प्रेरित गरिने छ । महोत्सवले देउखुरी क्षेत्रको पर्यटन प्रबर्धनमा ठूलो टेवा पुर्याउने आयोजकले जनाएको छ । यसैगरी महोत्सवमा स्थानिय कृषि उपजको समेत प्रदर्शनी रहने छ । साथै महोत्सवमा विभिन्न कलाकारहरुको पनि प्रस्तुती रहने छ ।