खेलाडी देशका अमूल्य गहना

किरण थापा
फुटबल भनेपछि बाल्यकालदेखि नै हुरुक्क हुने गर्थेँ । हुनु पनि स्वभाविक नै हो जस्तो लाग्छ । किनभने सडक विभाग अगाडि रहेको डाँडा नजिकै हाम्रो घर थियो । बजार नजिकै रहेको उक्त डाँडामा राप्ती स्पोर्ट क्लवका खेलाडीहरु दिनहँुजसो फुटबल खेलेको देखिन्थ्यो । बाल्यकाल त्यसै पनि काँचो माटो न हो । सायद ती खेलका दृश्यले मलाई यत्ति धेरै लोभ्याएछ कि सानैदेखि मलाई फुटबल खेलप्रति मोह जागेर आयो । त्यत्तिमात्र नभई बाल्यकालदेखि नै दाङका चर्चित खेलाडीहरुको साथमा खेल्ने अवसर जुरेको थियो । यसले गर्दा मलाई झनै फुटबल खेलप्रतिको मोह बढेर गएको थियो ।

बजार नजिकको डाँडा भएर पनि होला, सडकविभाग अगाडिको डाँडामा प्रायः खेलहरु भई नै रहन्थ्यो भने अधिकांश बजारका मान्छेहरु दर्शकका रुपमा भीड नै लाग्ने गथ्र्यो । त्यो समय प्रायः राप्ती स्पोर्ट क्लव र मङ्गोलियन गाइज टिमका बीचमा रोमाञ्चक खेलहरु हुने गथ्र्यो । दुवै टिमका प्रायः खेलाडीहरुले जिल्लाको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरको खेल खेल्ने गरेको याद अझै पनि ताजै रहेको छ । खेलको सुरुवातीसँगै दर्शकको उपस्थितिले अनि आफ्नो टिमलाई विजयी बनाउनका लागि दर्शकहरुको स्वच्छ सर्मथन गर्ने तरिका नै अब्बल रहेको लाग्थ्यो । त्यस बेलाका खेलाडीहरु र सर्मथक साह्रै अनुशासन र खेलको मर्यादामा रहेरै खेलाडीहरुले खेल खेल्ने गरेका हुन्थे भने सर्मथकहरुले पनि खेलको मनोरञ्जन आप्mनै तरिकाले लिने गरेको पाइन्थ्यो । त्यस कुराले मेरो खेल जीवनमा समेत सकरात्मक प्रभाव बनाइराख्यो ।

हामीभन्दा अघिल्लो पुस्ताबाट खेलको हस्तान्तरणपछि फुटबल संघ र खेलाडीहरुबाट अपेक्षित नतिजा र खेलप्रति आम दर्शकहरुको बुझाई नै फरक रहेको पाइयो । सम्भवतः देशको संक्रमणकालीन अवस्थाले पनि होला, जहाँ राज्य र विद्रोही पक्षबाट हुने विविध क्रियाकलापहरुले गर्दा त्यसको प्रभाव फुटबल खेलमा समेत देखिने गरेको थियो । म आफैले पनि धेरैपटक राज्य र तत्कालीन विद्रोही पक्षले चालेको आन्दोलनकै कारण खेल छोडेर मैदानबाट भाग्नुपरेको तीतो अनुभव छ । दर्शकहरुमा फुटबल खेल हेर्ने चाहना हुँदाहुँदै पनि खेलमा हुने झगडाहरुले आम समुदायमा फुटबल खेल गुण्डाहरुले खेल्ने खेल भन्दै दर्शकहरु खेल हेर्न नआउने अवस्था समेत सिर्जना भयो । तर समयक्रमसँगै अहिले यो सोचमा भने केही परिवर्तन देखिन थालेको छ । देशले वर्षौं पछि स्थिर सरकार पाएको छ र देश संघीय लोकतान्त्रिक गणतन्त्र राज्यमा गइसकेपछि राज्यले हरेक क्षेत्रमा काँचुली फेरेको अनुभूति हुन्छ ।
देशमा अहिले संघीय सरकार (केन्द्रमा) प्रदेश सरकार अनि स्थानीय सरकार भएसँगै विभिन्न क्षेत्रमा नयाँ आयामहरुको अनुभव गर्न नेपाली जनताले पाएका छन् ।

त्यसैगरी दाङको खेल क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ । खेल क्षेत्रको प्रबद्र्धनमा आवश्यक नीतिगत निर्णय र पूर्वाधारहरुको विकास भएको छ । यस प्रकारका निर्णय र निर्माण भएका पूर्वाधारहरुबाट आम खेलाडीहरुको अर्थपूर्ण सहभागिता र पूर्वाधारहरुको प्रयोग अनि दिगोपनमा हरेक नागरिकको विशेष ध्यान जान जरुरी छ । किनभने विगत वर्षहरुमा पनि राज्यको अनुकूलताका आधारमा निर्णय र पूर्वाधारहरु निर्माण नभएका भने होइनन्, तर त्यसको कार्यान्वन पक्ष र अनुगमन पक्ष सम्बन्धित निकायको फितलो उपस्थितिले निर्माणाधीन पूर्वाधारहरु शौचालयमा परिणत र नीतिगत निर्णयहरु कागजमा मात्रै सीमित भएको कुरा तपाईं हामी समक्ष सर्वविदितै छ । पछिल्लो समयमा खेल नखेले पनि खेलको सर्मथन र आम दर्शक भई मेयर कपको तेस्रो संस्करण फुटबल खेललाई नजिकबाट नियाल्ने मौका मिल्यो ।

त्यस अन्तराल अवलोकन गरेका दृश्यले फुटबल क्षेत्रको विकासका सन्दर्भमा साह्रै सकरात्मक रहेको अनुभव रह्यो । फुटबल खेलमा पूर्व आदरणीय खेलाडीलगायत समकालीन खेलाडी साथीहरुको व्यवस्थापन तथा खेल सञ्चालनमा संग्लगता उत्साहजनक एवं वर्तमान खेलाडीहरुका लागि प्रोत्साहनका रुपमा लिन सकिन्छ । पहिले पनि पूर्व खेलाडीहरुको फुटबल खेलको विकासमा उपस्थिति सदैव रहने गरेको पाइन्थ्यो भने पछिल्लो समयमा उहाँहरुको उपस्थिति जनाउने दायरा अझै फराकिलो परिवर्तित राष्ट्रको संरचनाले बनाइदिएको छ ।

यसै सन्दर्भमा पूर्व खेलाडी एवं समकालीन साथीहरुसँग फुटबल खेलकै बारेमा भलाकुसारी गर्ने मौका मिल्यो । उहाँहरुको कुरा बुझ्दा असीमित सम्भावना हुँदाहुँदै पनि संघ एवं स्थानीय निकायले फुटबल खेललाई सहभागिताका रुपमा मात्र लिने गरेको अनुभव बताउँछन्, नत्र भने मेयर कपको तेस्रो संस्करणमा आइपुग्दा समेत खेलको स्तरोन्नति न्यून रहेको पाइन्छ । खेललाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि घोराही उपमहानगरपालिकाको पाँचौ नगर सभामा उल्लेख गरेका नीति तथा कार्यक्रम (आ.व.२०७६÷०७७) अन्तर्गत एक वडा एक खेल मैदानमा रही यो आलेख तयार गरिएको छ ।

एक वडा एक खेल मैदान

घोराही उपमहानगरपालिकाको पाँचौ नगर सभाबाट एक वडा एक खेल मैदानले निरन्तरता पाएको छ । एक वडा एक खेल मैदान सुन्दा नीतिगत रुपमा राम्रो कामको थालनी भएको पाइन्छ । मैदानको प्रयोग भविष्यका दृष्टिकोणबाट यसको सान्दर्भिकतालाई औल्याई यसको रचनात्माक रुपमा नागरिकको दैनिक प्रयोगमा ल्याउनसकेको खण्डमा कालान्तरसम्म पनि कामको कदर भई नै रहनेछ भन्ने लाग्छ । यस दूरदर्शी योजनालाई नागरिकको माझ पु¥याउनका लागि सोही अनुरुप यसको कार्यान्वन पक्षमा विशेष ध्यान दिन जरुरी छ ।

विभिन्न खेल सर्जकहरुसँग बुझ्दा कैयौँ वडाहरुमा खेल मैदानको अभाव रहेको र त्यसको प्रभाव फुटबल खेलमा पनि देखिन्छ । यदि फुटबल खेलमा दाङबाट राष्ट्रिय स्तरमा जिल्लाबारे सकरात्मक प्रभाव बढाउनका लागि हरेक वडामा खेल मैदान हुनुका साथै विभिन्न उमेर समूहका खेल तथा प्रशिक्षणको सुविधा हुन जरुरी छ । यसो गर्नाले जिल्लाले राम्रा खेलाडीहरुको उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत जिल्लाबाट प्रतिनिधित्व गराउने अवसरको व्यापक सम्भवना रहन्छ । खेल मैदान हरेक वडामा भएको खण्डमा फुटबल खेलवाहेक अन्य खेल तथा शारीरिक व्यायामका लागि समेत सबै उमेर समूहको पहुँच हुने र समग्र वडावासी शारीरिक तथा मानसिक रुपले स्वस्थ भई वडालाई स्वस्थमैत्री बनाउन समेत योगदान पु¥याउने छ ।

प्रत्येक वडामा एक खेल प्रशिक्षक

मेयर कपको तेस्रो संस्करण हेर्दै गर्दा पूर्व खेलाडी र अन्य फुटबल पे्रमी साथीहरुसँगको छलफलमा बारम्बार उठेका कुरा अनुशासन र खेलाडीमा हुनुपर्ने खेल बुद्विमत्ता, शारीरिक तन्दुरुस्त र आवश्यक सीप यी ३ कुरा भए मात्र एउटा फुटबल खेलाडीले पूर्णता पाउने गर्छ, तर यी आधारभूत कुराहरु वर्तमान खेलमा अभाव देखिन्छ । अवश्य नै हिजोभन्दा आजका खेलाडीहरुका हरेक कुराहरुमा एकरुपता पाइन्छ । जस्तै पहिरण होस् वा सन्तुलित भोजन तर खेलको स्तर हेर्दा सन्तोषजनक देखिँदैन । केही वडा जहाँ पूर्व खेलाडीहरुको उपस्थिति छ, ती वाहेक अन्य वडाहरुमा व्यवस्थित खेल नभएको अवस्था छ । यदि प्रत्येक वडामा खेल प्रशिक्षकको व्यवस्था गर्न सकेको खण्डमा खेल क्षेत्रमा वैज्ञानिक ढङ्गबाट खेलको योजना र आवश्यक रणनीति बनाउने अभ्यासको विकास भई खेल व्यवस्थित र मर्यादित हुनेछ । जसले गर्दा खेलाडीहरुमा आवश्यक सीप बढ्नुका साथै व्यावसायिकतातर्फ उन्मुख हुँदै जानेछन् ।

रोजगारीको सिर्जना

चालु आर्थिक वर्षको यो अवधिमा नेपालबाट एक लाख ६८ हजार नेपाली वैदेशिक रोजगारीको लागि बाहिरिएका छन् । त्यसैगरी दाङबाट रोजगारीका लागि विदेशिने क्रम पनि बढ्दो रहेको जिल्ला प्रशासन कार्यालय दाङमा रहेको आप्रवासन सेवाका लागि सूचना तथा परामर्श केन्द्रको तथ्याड्ढले बताउँछ । बालबालिका एवं युवा जनशक्तिको स्वास्थ्य शारीरिक विकासको लागि नभई नहुने खेलकुदको क्षेत्रमा अत्यन्त न्यून लगानी हुने गरेको देखिन्छ । अहिले देशका हरेक नागरिकलाई वर्तमान सरकारबाट अपेक्षा र भरोषा रहेको पाइन्छ । यो वर्तमान सरकारका लागि बढ्दो वैदेशिक रोजगारी कम गराई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ । तसर्थ घोराही उपहानगरपालिकामा रहेका १९ वडा र आधारभूत (११२) तथा मावि (५१) विद्यालयमा गरी (१८२) सम्भावना भएका निकायमा युवालाई खेल प्रशिक्षकका रुपमा राख्नसके बढ्दो वैदेशिक रोजगारीमा कमी आई अन्य युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना गरेको उदाहरण दिन सकिन्छ ।

तर्सथ अबको स्थानीय सरकारले समृद्ध नेपालको परिकल्पनालाई पूर्णता दिने नै हो भने हरेक युवा जमातहरुको लोकप्रियता खेल जगतलाई हातेमालोका साथ आप्mनो नीति तथा कार्यक्रम अनुसार त्यसको विकास, प्रबद्र्धनका लागि अगाडि बढ्नु पर्छ । त्यो कार्यमा सबैले हातेमालो गर्दै राष्ट्रको पहिचान तथा प्रतिष्ठासँग जोडेर हेर्न नितान्त आवश्यक छ । यतिमात्र नभई हरेकले खेलाडीहरु भनेका हाम्रो देशका अमूल्य गहना हुन्, जसलाई जतनका साथ राख्नुपर्छ भन्ने कुरा बुभ्mन जरुरी छ । त्यतिमात्रै नभई जसरी गहनालाई चम्काउनका लागि समय–समयमा त्यसलाई सफा गर्छौँ त्यसैगरी खेलाडीहरुको सुधार र बिकासका लागि त्यही किसिमको लगानी गर्नुपर्छ भन्ने कुरा हरेकले बुभ्mन आवश्यक छ । एक वडा एक खेल मैदानको कार्यान्वयन गरी खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान अभिबृद्धि गर्ने कार्यमा तत्काल लाग्न जरुरी छ ।