कुवरद्धारा बिप्लब माओवादी परित्याग

दाङ, १ फागुन । नेकपा माओबादी बिप्लव समुहका अतुल कुँवरले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

उनले विहिवार एक प्रेश विज्ञप्ती जारी गरि बिगतमा उक्त पार्टीमा आवद्ध रहेपनि आजकै मितिदेखि उक्त पार्टी परित्याग गरेको जनाएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी कुवरले पारिवारिक समस्या कारण पार्टीमा रहेर काम गर्न नसक्ने अवस्था रहेका कारण आफुले आम नागरिक सरह स्वतन्त्र जीवन यापन विताउन चाहेको बताएका छन । विप्लव निकट मजदुर संगठनमा आवद्ध रहेका कुँवर गत भदो ३१ गते तुलसीपुरबाट पक्राउ परेका थिए ।